news-details

हड्डी मजबुत राख्न व्यायाम र खानपानमा ध्यान दिनुपर्छ

उमेर बढेसँगै हड्डीको विकास हुन नसक्ने हुँदा केही समयपछि हड्डी कम्जोर हुँदै जान्छ । हड्डीलाई स्वस्थ राख्नका लागि खानपिन तथा दिनहुँ गरिने शारीरिक व्यायाममा विशेष जोड दिनुपर्ने हुन्छ ।

स्वस्थ हड्डीका लागि नियमित १ घण्टा व्यायाम गर्नुका साथै शरीरमा क्याल्सियम तथा भिटामिन ‘डी’ जस्ता पोषण तत्वहरू अनिवार्य रूपमा समावेश गर्नुपर्छ । भिटामिन ‘डी’ को मुख्य श्रोत भनेको बिहानको घाम हो ।


क्याल्सियमले हड्डी तथा दाँतलाई मजबुत बनाउँछ र भिटामिन ’डी’ ले दैनिक खाएको क्याल्सियमलाई सोस्ने क्षमताको वृद्धि गर्न मद्दत गर्छ । दैनिक बिहान १० देखि १५ मिनेट घाम ताप्दा पाइने भिटामिन ‘डी’ले शरिरमा भएको क्याल्सियमको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

१ गिलास शुद्ध दूधमा मान्छेलाई दिनहुँ चाहिने क्याल्सियमको मात्रा पुग्नेगरी हुन्छ । दूधमा क्याल्सियमका साथै भिटमिन ‘डी’ पनि पाइने हुदा हड्डीको लागि दूध पिउनु फाइदाजनक हुन्छ ।

साथै हरियो सागसब्जी, मासु र अण्डामा पनि प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन पाइने हुँदा यिनीहरूको सेवनले हड्डीलाई मजबुत र यसको विकासमा सहयोग गर्छ । दैनिक खाने कुरामा केरा, मेवा, बदाम, ओखर, ड्राइ फुडलाई पनि समावेश गर्नु पर्छ ।

भिटामिन ‘ए’का प्राकृतिक स्रोत भएका फलफूल, तरकारीले शरीरमा फाइदा पुर्‍याए पनि यसको अत्यधिक सेवनले हड्डीलाई कमजोर बनाउने गर्छ । धेरै नुनिलो, गुलियो, जंक फुड, मैदाबाट बनेको खानेकुरा, कफी पिउँदा, धुम्रापान, मदिरापान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा शरीरमा क्याल्सियम र भिटामिन ‘डी’ को मात्रा घट्ने हुँदा हड्डीहरू कमजोर हुन्छ ।

 

You can share this post!


प्रतिक्रिया