news-details

‘मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ’ : नायिका निता ढुंगाना

Total Share : 0 Total Views : 0

नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘कर्मा’ को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् । निता दुंगानाले क्यानाडा नेपालसँग कुराकानी गर्दै भनिन्, “मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ ।

खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन । मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्षसम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ ।” नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन र चाडै नै चलचित्र फ्लोरमा लाने तयारीमा जुटेकी छिन् ।

दुई वर्ष अघि आफ्नो जन्मदिनमा चलचित्र निर्माण गर्ने घोषणा गरेकी निताले अहिले आएर मात्र फ्लोरमा जाने पक्का गरेकी छिन् । निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन् ।

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया