news-details

सरकारी संस्थान निजी क्षेत्रलाई भाडामा दिईने, ६ वटा उद्योगको प्रकृया अघि बढ्यो

Total Share : 5.5 K Total Views : 38.8 K

काठमाडौं। सरकारले ६ वटा सार्वजनिक संस्थान निजी क्षेत्रलाई चलाउन दिने भएको छ। हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना,गोरखकाली रवर उद्योग, ओरियन्टल म्याग्नेसाइट, वीरगंज चिनी कारखाना र जनकपुर चुरोट कारखाना निजी क्षेत्रलाई दिन लागिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले ६ वटा उद्योग चलाउन दिने प्रकृया अघि बढिसकेको बताए। उनका अनुसार हेटौंडा कपडा,बुटवल धागो, गोरखकाली रवर उद्योग र जनकपुर चुरोट कारखानालाई तत्कालै भाडामा दिन सकिने अवस्था छ। 'यो तीन वटा उद्योग चलाउन निजी क्षेत्र तयार छन्।

सबैभन्दा बढी गोरखकाली र जनकपुर चुरोट कारखाना चलाउन धेरै उद्योगीहरु तयार देखिएका छन्' उनले मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा भने। उनका अनुसार हेटौंडा र बुटवल धागो भने मन्त्रिपरिषद्बाट फिर्ता आएको हो। अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थमन्त्रालयको निजीकरण इकाइको सल्लाहमा फेरि प्रस्ताव बनाएर मन्त्रिपरिषद्मा पेश गरिने भएको छ।

हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखाना भाडामा दिन लागिएको जानकारी दिए। निजी क्षेत्रलाई सबै उद्योग जिम्मा नलगाई भाडामा दिन लागिएको हो। ०४६ साल पछि निजीकरण गरिएका धेरै उद्योग बन्द गरेर सम्पत्ति बेचविखन गरिएकाले सरकारले भाडामा दिने गरि प्रस्ताव अगाडि बढाएको हो।

उनका अनुसार हेटौंडा कपडा उद्योग पुन: संचालनका लागि जग्गा, भवन, मेशिन, व्यवसाय लगायतका चलअचल, स्थिर सम्पत्ति भाडामा बहाल दिने प्रस्ताव मन्त्रीपरिषद्मा पेश भइसकेको छ।

मन्त्रालयका अनुसार बुटवल धागो पनि पुन: संचालनका लागि ३० वर्षको लागि भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेको छ। यो दुई वटै उद्योग संचालन गर्न निजी क्षेत्र तयार देखिएका छन्।

स्रोतका अनुसार यो उद्योग चलाउन निजी क्षेत्र तयार देखिएका छन्। धागो उद्योगमै लगानी गरिरहेका पवन गोल्यान समूहले उद्योग चलाउन ईच्छुक छन्। उद्योग मन्त्रालयका अनुसार गोरखकाली रवरको संचालन मोडालिटी तयार गर्न कार्यदलले कार्यसम्पादन गरिसकेको छ।

कारखानाको कर्मचारीको दायित्व फरफारक भइरहेको र अहिलेसम्म २८ करोड ७५ लाख भूक्तानी भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्री यादबका अनुसार महालेखा परीक्षकको कार्यालयले कर परिक्षणपछि भाडामा दिने प्रकृया अघि बढ्नेछ। उनले ओरियन्ट म्याग्नेसाइटको समेत  सम्पत्ति तथा दायित्व मूल्याङ्कन ( डिडिए) भइरहेको र शेयर संरचना परिवर्तन गर्ने कार्य अघि बढेको बताए।

मन्त्रालयका अनुसार वीरगंज चिनी कारखानामा समेत ७ सय ३२ कर्मचारीले सबै अवकास सुविधा लिइसकेको छ। जनकपुर चुरोटको समेत सबै सम्पत्ति दायित्व फरफारक भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उद्योगका पूराना कवाडी सवारी साधन लिलाम भइसकेको छ। 'जग्गा लगायत सम्पत्तिको अभिलेख सुस्पष्ट रहेको छ। सबै कर्मचारीले अवकाश पछि भूक्तानी समेत लिइसकेका छन्' मन्त्रालयले भनेको छ।

You can share this post!

Total Share : 5.5 K Total Views : 38.8 K

प्रतिक्रिया