news-details

बाटो साँघुरो भएकाले नौबिसे-नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा

दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारी साधनलाई रातिको समयमा मात्र चलाउन दिइने जिल्ला प्रशासन कार्यालयले तयारी गरेको छ ।बाटो साँघुरो भएकाले नौबिसे-नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । जाम कम गराउन खानी खोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत नौबिसे-नागढुङ्गा सडक खण्ड १२ किलोमिटरलाई ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानी खोलाबाट काठमाडौं जान दिने योजना बनाएको छ । उक्त सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बताएका छन्। उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ ।

You can share this post!


प्रतिक्रिया