news-details

खुसीको खबर ! आज संविधान दिवसको अवसरमा सुन्दरका विद्युतीय बसले दिँदै छ निःशुल्क सेवा

संविधान दिवसको अवसरमा सुन्दर यातायातले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार विद्युतीय बसप्रति नागरिकको सकारात्मक भावना जागृत गर्न पनि सहयोगी पुग्ने विश्वासका साथ यात्रुलाई निःशुल्क यात्रा गराएका हुन् ।
कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको थियो । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको थियो ।
सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ५० वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो । तर, सञ्चालन सुरुआत नहुँदै मापदण्ड अनुसारको बस नआएको भन्दै फिर्ता पठाइएको थियो ।

You can share this post!


प्रतिक्रिया