news-details

रेडियो नेपालको गेटमा तालाबन्धी गर्ने पत्रकार पक्राउ

Total Share : 301 Total Views : 2.1 K

रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निश्कासित पत्रकारको पुनर्वहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्न खोज्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ।

पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएकामा महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी, यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुवर छन्। लामो समयदेखि रेडियो नेपालमा कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुवरको पुनर्वहालीको माग गर्दै पत्रकार आन्दोलनमा उत्रिएका थिए। उनीहरुले लगाएको ताला प्रहरीले खोलेको छ।

महासंघका कार्यवहाक अध्यक्ष बिपुल पोखरेलको नेतृत्वको समूहले पुनर्वहालीको लागि पटक पटक माग गर्दासमेत रेडियो व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि तालाबन्दी गरिएको हो । पत्रकार निस्काशनको विरोधमा आन्दोलनरत पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर नेतृत्वको टोली काठमाडौं पुगेको छ।

You can share this post!

Total Share : 301 Total Views : 2.1 K

प्रतिक्रिया