news-details

नेपाल आइपुगीन् भारतीय नायिका सन्नी लियोनी, ३ दिनसम्म यस्ता काम गर्ने

भारतीय चर्चित नायिका सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियर शोमा सहभागी हुन आएकी सन्नी सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी छिन् । पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नी सहित कलाकार र पत्रकारहरुको टोलीले आज साँझ ७ : ३० बजे आयोजना हुने फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी भएर फिल्म हेर्ने कार्यक्रम रहेको छ । फिल्म हेर्नुअघि राजधानीको कुमारी हलमा सन्नीले मिडिया साक्षात्कार गर्ने विशेष कार्यक्रम रहेको फिल्मका निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन् ।
‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । निर्देशक बस्नेतका अनुसार आज फिल्मको कार्यक्रममा ब्यस्त रहे पनि सन्नीले शुक्रबार भने राजधानीका मनोरम स्थलहरुमा भ्रमण गर्ने र शनिबार भारत फर्किने कार्यक्रम रहेको छ ।

You can share this post!


प्रतिक्रिया