news-details

‘चपली हाइट ३’ घोषणा, विनिताको ठाउँमा स्वस्तिमा

 
काठमाडौं - दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ ।
मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित  निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । निकेशको यस अगाडिको फिल्म ‘फाटेको जुत्ता’ हो ।सिक्वेल फिल्म भएपनि ‘चपली हाइट ३’मा पहिलो फिल्मको आमिर गौतम मात्र दोहोरीएका छन् । अन्य सबै नयाँ कलाकारको फिल्ममा अभिनय रहने छ । चपली हाइटमा सशक्त अभिनय गर्ने अभिनेत्री बिनिता वरालको स्थानमा यो सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्का छानिएकी छन् ।अर्जुन कुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नव अभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहनेछ ।
कार्यक्रममा अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेर फिल्मसँग जोडिएको बताइन् । ‘मेरो भूमिका शक्तिशाली लाग्यो’ उनले भनिन्, ‘ब्राण्ड बनेका सिरिजको काम निश्चियनै सुखद हुन्छ ।’
कार्यक्रममा निर्माता अर्जुन कुमारले फिल्मको फष्टलुक समेत सार्वजनिक गर्दै अन्य तीन फिल्म पनि घोषणा गरे । जसको नाम ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ रहेको जानकारी दिए ।
‘चपली हाइट ३’ आगामी चैत्रबाट प्रदर्शनमा आउनेछ ।

You can share this post!


प्रतिक्रिया