news-details

कतै तपाईपनि रातभर मोबाईल चार्जमा छोड्ने बानी छ भने आजै देखि छोडी दिनुहोस, हैन भने …

 
चार्ज गर्न मिल्ने ब्याट्रीबाट चल्ने मोबाइल फोनको निर्माण सँगै उब्जेको प्रश्न हो – स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन भन्ने |रातभर स्मार्टफोन चार्ज गर्दा ब्याट्रीको प्रयोग समयमा फरक पर्छ कि पर्दैन ?कुनै पनि ब्याट्रीले आफ्नो असली क्षमतामा रहेर कति पटकसम्म फुल चार्ज भएर डिस्चार्ज हुनसक्छ भन्ने कुरालाई उक्त ब्याट्रीको साइकल संख्या भन्ने गरिन्छ | उदाहरणका लागि : यदी तपाईंले स्मार्टफोनको ब्याट्रीलाई ५० प्रतिशतबाट १०० प्रतिशतसम्म चार्ज गर्नुहुन्छ भने उक्त ब्याट्रीको आधा साइकल पूरा हुन्छ | यसै गरी एकपटक शून्य प्रतिशत बनाएर १०० प्रतिशत बनाउँदाखेरि उक्त ब्याट्रीको एक साइकल ( चक्र ) पूरा हुन्छ |साधारण स्मार्टफोन ब्याट्रीमा ४०० वटा चार्ज साइकल हुने गर्दछन् | यसै कारणले गर्दा पनि स्मार्टफोन खरिद गरेको करिब एक देखि डेढ वर्ष पछि उक्त स्मार्टफोनको ब्याट्रीले सुरुमा जस्तो राम्रो काम गर्न छाड्छ |यस साइकललाई कति समय चार्ज गरियो भन्ने कुराले केही फरक पार्दैन | कुनै पनि लिथियम आयन ब्याट्री कति समयसम्म चार्ज भयो भन्दा पनि ब्याट्री कति प्रयोग भयो भन्ने कुरामा उक्त स्मार्टफोनको ब्याट्रीको आयु निर्भर हुन्छ |
स्मार्टफोन र अन्य विद्युतीय उपकरण मर्मत गर्ने आइफिक्सइटका अध्यक्ष काइल विएंसले रातभर स्मार्टफोन चार्जमा जोडेपनि स्मार्टफोनको ब्याट्रीलाई खासै असर नपर्ने बताउछन् | स्मार्टफोनको ब्याट्री प्रयोगमा आए पनि नआए पनि निरन्तर चार्ज र क्षमता गुमाउने गर्दछन् | त्यसैले रातभर चार्ज गरेर स्मार्टफोनको ब्याट्रीको गुणस्तर र प्रयोग आयु देख्न सकिने गरि घट्ला कि भनेर डराउनु पर्दैन |१०० प्रतिशत पछि पनि चार्ज गर्दा केही असर गर्छ कि गर्दैन ?
आजभोलिमा हरेक स्मार्टफोनहरू, नामले सुझाए अनुसार, साचिकै स्मार्ट छन् | सबै नयाँ स्मार्टफोनहरूमा एउटा सानो स्मार्ट चिप राखिएको हुन्छ जसले स्मार्टफोनको ब्याट्रीलाई १०० प्रतिशतभन्दा बढी चार्ज हुन दिदैन | यसर्थ, स्मार्टफोनको ब्याट्रीको चार्ज १०० प्रतिशत पुगेपछि सो चिपले ब्याट्रीलाई चार्ज गर्न बन्द गरिदिन्छ | त्यसैले १०० प्रतिशत चार्ज भएपछि पनि स्मार्टफोनलाई चार्ज मै जोडेर छाड्दा पनि केही फरक पर्दैन |
निष्कर्ष :
स्मार्टफोनको ब्याट्रीलाई १०० प्रतिशत हुँदा पनि चार्ज गरिरहँदा केही असर नपर्ने भएकाले र स्मार्टफोनको ब्याट्री कति समय चार्ज भयो भन्ने कुरामा निर्भर नहुने भएकाले रात भर स्मार्टफोन चार्ज गर्दा पनि स्मार्टफोनको ब्याट्रीमा खासै फरक पर्दैन |
 

You can share this post!


प्रतिक्रिया