news-details

युएइ नेपाली एकता समाजको माग स्वदेसमा लगानीको बिदेसमा नेपाली सामान निर्यातको वातावरण हुनपर्यो

२४औं विश्व उर्जा सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुनुभयका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री  वर्षमान पुन ‘अनन्त’ संग वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरु तथा व्यावसायीहरुका साथै पत्रकारहरुको बिचमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम नेपाली दुतावास आबुधाबीको समन्वयमा मंगलबार  भएको थियो ।


कार्यक्रममा बोल्दै युएइ नेपाली एकता समाजका अध्यक्ष जय बहादुर बि.क.ले प्रबासी नेपाली हरुलाइ मतदान अधिकारको सुनिश्चितता हुनुपर्ने, एन.आर.एन.ए.को बर्गीकरण र परिभाषा सुधार्नुपर्ने, प्रबासमा भएका नेपालीहरुलाइ स्वदेसी उत्पादनहरु बिक्रि वितरणमा सरकारले ध्यान दिनुपर्ने माग गनुभएको थियो ।


अध्यक्ष बि.क.ले अहिले खाडी मुलुकका प्रबासी नेपालीहरु बाट ८० % रेमिट्यान्स गइरहेको परिपेक्षमा खाडी मुलुकका प्रबासी हरुलाइ सम्बोधन हुने गरि  नेपालमा लगानी को सुनिश्चितता को लागि नेपाल सरकारले निति र कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो ।उहाँले सरकारले नेपाली बस्तुको युएइमा बजारीकरण गर्ने बाताबरण बनाएमा आफु र आप्नो समाजको तर्फबाट पुर्ण सहयोग हुने यस खबर लाई जानकारी दिनुभयो । 

You can share this post!


प्रतिक्रिया