news-details

घरमा सधैँ लक्ष्मीको बास चाहानुहुन्छ भने राख्नुस् लक्ष्मी माताका यस्ता मूर्ति र प्रतिमा

 
लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ । हरेक व्यक्ति आफ्नो घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्छन्। अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो घरको पूजा कोठामा स्थापित गरेका पनि हुन्छन् । तस्विर होस् या मूर्ति, लक्ष्मीको रुप हरेक घरमा देखिन्छ । सायदै मानिसलाई मात्र थाहा होला, लक्ष्मीको कुन चाहिँ प्रतिमा आफ्नो लागि शुभ हुन्छ भनेर । लक्ष्मीको यस्ता मूर्तिले तपाईंको घरमा सुख, समृद्धि ल्याउन सक्छ । यदि तपाईंसँग लक्ष्मीको मूर्ति छैन भने शुक्रबारको दिन तपाईंले लक्ष्मीको मूर्ति स्थापना गर्न सक्नु हुनेछ ।
शास्त्रअनुसार धन सम्बन्धी आवश्यकताको पूर्ति गर्ने हो भने महालक्ष्मीलाई प्रसन्न पार्न आवश्यक हुन्छ । महादेवीलाई प्रसन्न पार्न प्रत्येक दिन यस किसिमले विधिवत रुपमा पूजा गर्नु पर्ने हुन्छ । यसका साथै जुन घरमा सुन तथा चाँदीले बनेको महालक्ष्मीको मूर्ति राखिन्छ त्यस घरमा कहिल्यै पनि गरिबीको बास नहुने धार्मिक विश्वास रहिआएको छ । पैसासँग जोडिएको समस्यालाई हटाउनका लागि महालक्ष्मीका साथै भगवान विष्णुको पूजा गर्नु उपयुक्त हुन्छ । देवी लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् । त्यसैले विष्णुको पूजा गर्ने भक्तप्रति धनकी देवी लक्ष्मीको विशेष कृपा रहने विश्वास गरिन्छ ।
किन महत्वपूर्ण छ सुन र चाँदीको मूर्ति ?
जुन घरमा सुन वा चाँदीबाट बनेको महालक्ष्मीको मूर्ति हुन्छ त्यहाँ देवी लक्ष्मीको कृपा सदैव हुन्छ । साथै, हेरक दिन सुन वा चाँदीको उक्त मूर्तिलाई पूजा गरिनु पर्ने छ । सुन वा चाँदीबाट बनेको मूर्तिको पूजा गर्ने श्रद्धालु भक्तले कहिल्यै पनि दरिद्रताको सामना गर्न नपर्ने धार्मिक विश्वास छ ।
सुन वा चाँदीको मूर्ति ल्याउन नसके ?
सुन वा चाँदीको मूर्ति ल्याउन नसकेको खण्डमा पितलको मूर्ति भए पनि घरमा ल्याउन सक्नु हुनेछ । मूर्तिका लागि पितललाई पनि शुभ मानिन्छ । धेरैजसो मन्दिरमा पितलकै मूर्ति स्थापना गरिएका हुन्छन् । तपाईंले पितलको मूर्तिको पूजाआराधना गरेर पनि घरमा सुख–शान्ति ल्याउन सक्नु हुनेछ ।यस्तो हुन आवश्यक छ लक्ष्मीको मूर्ति
माता लक्ष्मीको मूर्ति कमलको फूलमाथि विरासित हुनु पर्नेछ । मूर्तिको हातमा धनको कलश, कमलको फूल, शंख तथा एक हात आशिर्वादको मुद्रामा हुनु पर्नेछ । लक्ष्मीको मूर्तिसँगै गणेशको पनि मूर्ति भएको खण्डमा अझ लाभ मिल्नेछ । घरको पूजा कोठामा श्रीयन्त्रलाई पनि स्थापना गर्ने हो भने धन र सुख प्राप्त गर्न सकिने छ ।
यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।
उपदफा ३ वा ६ बमोजिमको आदेश पालना नगर्ने व्यक्तिबाट त्यस्तो ज्येष्ठ नागरिकको सम्पत्ति भोग गरेको विषयमा स्थानीय तहमा उजुरी परेमा न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति निजको सट्टा निजलाई पालनपोषण गर्ने तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्ने व्यवस्था गरेको छ ।त्यस्तै उपदफा १० मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्था गरिएको छ ।
यसरी प्रस्तावित विधेयकमा ज्येष्ठ नागरिकका हकवाला वा छोराछोरीलाई बाबुआमाप्रति जिम्मेवार बोध गराइने तथा हेरचाह गर्ने कोही नभएका अवस्थामा राज्यले नै हेरचाह केन्द्रमा राख्ने व्यवस्था गरिएको छ ।प्रस्तावित विधेयकमा दफा ८ मा दफा ८ (क) र दफा ८(ख) थप गरिएको छ । दफा ८ (क) को उपदफा १ मा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्नेछ । उमेर बढ्दै गएपछि मानिसहरु बिस्तारै ज्येष्ठ नागरिकमा परिणत हुन्छन् ।
उपदफा २ मा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी सङ्घसङ्गठन वा प्रचलित कानूनबमोजिम संस्थापन वा दर्ता भएका निजी संस्थाबाट नियमित पारिश्रमिक लिइरहेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिएबमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्नेछ । यसरी समाजमा पहिलो पटक नौलो देखिएको बाबुआमाको बैंक खातामा छोराछोरीले केही प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावित विधेयकमा प्रस्ताव गरिएको छ । हाल यो नै दफामा केन्द्रित रहेर सांसदहरुले महिला तथा सामाजिक समितिमा छलफल गरिरहेका छन् ।त्यस्तै दफा ८ (ख) मा दुव्र्यवहार तथा अपमान गर्न वा झुक्यानमा पार्न नहुने व्यवस्था गरिएको छ । सो दफाको १ मा कसैले पनि ज्येष्ठ नागरिकलाई दुव्र्यवहार वा अपमान गर्न वा गराउन हुँदैन भनी स्पष्ट उल्लेख गरिएको छ । उपदफा २ मा कसैले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति लिने खाने उद्देश्यले वा अन्य प्रयोजनका लागि कुनै किसिमको दबाब वा प्रलोभनमा पारी वा झुक्यानमा पारी सम्पत्ति लिन वा आफ्नो वा अरू कसैको नाममा राख्न हुँदैन भनी उल्लेख गरिएको छ ।त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक समिति, प्रदेशमा प्रदेश ज्येष्ठ नागरिक समितिको गठन, स्थानीय तहमा स्थानीय ज्येष्ठ नागरिक समितिको गठन प्रस्तावित विधेयकमा गरिएको छ ।
आफ्नो आमाबाबुप्रति सन्तानले सम्मानजनक व्यवहार गर्नुपर्ने व्यवस्था र पालनपोषण, स्वास्थ्य उपचारको प्रबन्ध तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्यबोध गराउने उद्देश्यले ल्याइएको सो विधेयकमा दण्ड, सजाय तथा कानूनी उपचारको पनि व्यवस्था गरिएको छ ।

You can share this post!


प्रतिक्रिया