news-details

युरोकप फुटबल छनौट : इटाली, डेनमार्क र स्वीडेन विजयी

 
काठमाडौं-युरोकप फुटबल छनौटका खेलहरुमा इटाली, डेनमार्क र स्वीडेन विजयी भएका छन् । ४ पटकको विश्वविजेता इटालीले छनौट चरणको पाँचौ खेलमा कमजोर प्रतिद्वन्द्वी अर्मेनियालाई ३–१ ले हरायो ।समूह ‘जे’ कै अर्को खेलमा फिनल्याण्डले ग्रिसलाई १–० ले हराउँदा बोस्नियाले लिचेस्टाईनलाई ५–० ले निराश पार्‍यो । यो समूहमा ५ खेलबाट १५ अंक जोडेको इटाली शीर्ष स्थानमा रहँदा १२ अंकसहित फिनल्याण्ड दोस्रो स्थानमा छ ।
समूह ‘एफ’ मा स्पेनले रोमानियालाई २–१ ले हराउँदा स्विडेनले फारो आइल्याण्डमाथि ४–० को तथा नर्वेले माल्टामाथि २–० को जित निकाले । यो समूहमा ५ खेलबाट १५ अंक जोडेको स्पेन शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको स्वीडेनले १० अंक जोडेको छ ।
गएराति भएको समूह ‘डि’ को खेलमा डेनमार्कले जिब्राल्टरलाई ६–० ले हराउँदा आयरल्याण्ड र स्विट्जरल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् ।
 
 

You can share this post!


प्रतिक्रिया