news-details

गाउले साहुको अत्याचार एउटै ऋणका १९ तमसुक : गाउकै उठीबास

नक्कली तमसुक बनाउँदै सर्लाहीका एक व्यक्तिले अतिचार गरेका छन् । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी) नामका व्यक्तिले नक्कली तमसुक बनाउँदै गाउँलेलाई ठगेका हुन् । उनले एउटै ऋणका १९ वटासम्म तमसुक बनाएको पाइएको छ ।  परदेशीले १–२ जना मात्र नभएर ३०० जनासँग जबरजस्ती असुली गरेका छन् । समाचार अनुसार, नतिर्नेलाई धम्क्याउने तथा अदालतमा मुद्दा हाल्नेसम्मका हर्कत उनले गर्ने गरेका छन् । यस्तो अतिचारपछि केहीले आत्महत्या समेत गरेको पाइएको छ ।


पटक–पटक ठगिएको गुनासो गर्दा पनि न्याय नपाएपछि गाउँलेहरू न्यायका लागि दोस्रोपटक काठमाडौं आएको कान्तिपुरले लेखेको छ । परदेशीले फर्जी कागज बनाएर लिएकोभन्दा बढी ऋण तिर्न बाध्य पारेर अदालतमा मुद्दा हालेपछि दुई वर्षअघि पनि उनीहरु यसरी नै राजधानी आएका थिए । तर, न्याय पाउनुको साटो उल्टै असुली यथावत रहेपछि उनीहरू पुनः आफ्नो न्यायका लागि राजधानी आएका हुन् ।आजका सबैजसो पत्रपत्रिकामा यो खबर छ ।

You can share this post!


प्रतिक्रिया