news-details

नेपालगन्जमा भयानक दुर्घटना हुँदा चार जना घाईते : दुईको अवस्था गम्भीर

बाँकेको नेपालगन्जमा भयानक दुर्घटना हुँदा चार जना घाईते भएका छन । नेपालगन्जको कारकाँदो नजिकै दाङबाट नेपालगन्ज आउँदै गरेको बा २ ख १६९७ नम्बरको हायस दुर्घटनामा परेको हो । नेपालगन्जस्थित सडक डिभिजन कार्यालय नजिकै सडक वत्तीको पोलमा हायस ठोक्किएको थियो । दुर्घटनामा चार जना घाईते भर्एपनि दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको नेपालगन्ज शक्षिण अस्पताल नर्सिङ होममा उपचार भईरहेको छ ।

दुर्घटनामा परी नेपालगन्ज-१८ का ३८ बर्षिय गाडी चालक चक्रबहादुर रावत र सोही स्थानका वर्षिय टिका देवकोटा गम्भीर घाइते भएका छन् भने नेपालगन्ज-१८ का १५ बर्षिय मेराज साई र कोहपुर-१० का १८ बर्षिय वारिस बेहना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दाङबाट आउँदै गरेको हायस  सडकको बीच डिभाइडरमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो । दुर्घटनामा परी हायसको अगाडीको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने विजुलीको पोल र पोलमा राखिएको सोलार बत्तीमा समेत क्षति पुगेको छ । दुर्घटना भएलगत्तै उद्दारका लागि पुगेका प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार गरी अस्पताल लगेका थिए । तिब्र गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

You can share this post!


प्रतिक्रिया