news-details

कम्मर दुखेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने उपाय

बढ्दो तनाव, अनियमित दिनचर्याका कारण कम्मर दुख्ने समस्या प्राय सबैलाई हुन्छ । कम्मर दुख्ने समस्याले नसालाई समेत असर गर्छ ।
केही हाम्रा बानीमा परिवर्तन ल्याए कम्मर दुख्ने समस्याबाट बच्न सकिन्छ । कम्मर अत्यधिक तौल बढ्दा, बस्ने तरिका नमिल्दा, अग्लो जुत्ता लगाउदा र नरम डसनामा सुत्ने लगाएतका कारणले दुख्ने गर्छ ।
कम्मर दुखाई बाट बच्ने घरेलु उपायः
भुटेकाे ज्वानो चिसो बनाएर खाँदा कम्मर दुख्न कम हुन्छ। यसको नियमित सेवन गर्नाले कम्मर दुख्ने समस्या हट्दै जान्छ । धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् । नरिवलको तेलमा लसुन फुराएर मनताताे तेल कम्मरमा मालिश गर्दा दुखाई कम हुन्छ ।
तातो नुन पानीले कम्मरमा सेक्दा पनि दुखाईबाट राहत पाउन सकिन्छ । कम्मर दुख्नेहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ । क्याल्सियमको कमीले हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नाले पनि कम्मर दुख्न कम हुन्छ । ताताे नुनलाई पोको पारेर कम्मरमा सेक्दा पनि आराम मिल्छ ।
कम्मर दुख्ने समस्या भएकाले स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो । स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ ।

 

You can share this post!


प्रतिक्रिया