news-details

राप्ती स्वास्थ्य प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत २२ चिकित्सकले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।
उपकुलपति डा. संगिता भण्डारीले ज्यादती गरेको, अभद्र व्यवहार गरेको र मानसिक तथा भौतिकरूपमा काम गर्ने वातावरण सिर्जना नगरेकाले राजीनामा दिएको चिकित्सकहरूले बताएका छन् ।
भण्डारीले केही चिकित्सकलाई अनावश्यक दबाव दिएको, हटाउन खोजेको र पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेको उनीहरूको गुनासाे छ ।
लामो समयदेखि विवाद हुँदा प्रतिष्ठानले गति लिन सकेको छैन । चिकित्सकहरूले राजीनामा दिएपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।

You can share this post!


प्रतिक्रिया