news-details

प्रख्यात बागेश्वरीमाताका बहुमुल्य गरगहना हरु कसले कसरी गायब गर्यो ?

 

नेपालगन्जमा अवस्थित प्रशिद्व बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएको भेटिएको छ । लाखौं मूल्य बराबरका गरगहनाहरु कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ । बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएको जनविश्वास छ । त्यसले भेटिमा सुनका नथीया, पाउजु, छाता, शिववर्तीको सुनचाँदीको मूर्ति, बाघ र गरुड लगायतका मूर्ति चढाउने प्रचलन छ ।

विसं २०२९ मंसिर ४ मा मन्दिरका तर्फबाट तत्कालिन ब्यबस्थापक भुवनेश्वर नाम गरेका एकजना व्यक्तिले मन्दिरमा भएका गरगहनाहरुको लिखत अभिलेख तयार गरी तत्कालिन मालपोत कार्यालय प्रमुखलाई बुझाएका थिए । तत्कालिन अवस्थामा बुझाइएको गरगहना विबरण र हाल तिजोरीमा भेटिएका गहनाबीच धेरै अन्तर पाइएपछि गहना हराएको खुलेको हो । रहस्य खुले संगै सम्बन्धित पक्षले छानबिन गर्ने जनाएको छ । 

यसै गरी बागेश्वरी मन्दिरको धेरै जग्गा ब्यक्तिको नाममा नामसारी भएको पाइएकोछ । जिल्ला स्थित बिभिन्न राजनीतिक दलहरुले सो जग्गा मन्दिरकै नाममा फिर्ता ल्याउने प्रयास गर्ने गरी छलफल सुरु गरेको जनाएका छन ।


स्थानीय सरकारबाट पनी बागेश्वरी मन्दिरको ब्यबस्थापन , यसको श्री-सम्पती तथा आबश्यक भौतिक संरचना निर्माण कार्यमा सम्बन्धित पक्ष संग सहकार्य गर्दै अगाडी बढाइएको राप्रपाका नेता ऋषी राज देवकोटाले यस खबरलाई बताए ।

 

You can share this post!


प्रतिक्रिया