news-details

पुल भाँचिएपछि राजमार्गामा यस्तो सास्ती

Total Share : 430 Total Views : 3 K

नवलपरासी - पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत अरुणखोलाको पुल भाँचिएपछि यातायात प्रभावित भएको छ ।पुल भाँचिएपछि निमार्ण गरिएको डाइभर्सन सडकमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेको छ ।एकतर्फी मात्र सवारी साधन सञ्चालन हुँदा राजमार्गमा २०–२२ किलोमिटरसम्म जाम भएको छ ।बिहीबार रातिदेखि परेको पानीका कारण राजमार्गबाट दक्षिणतर्फ बनाइएको डाइभर्सन पार गर्न निकै समय लाग्ने गरको छ।डाइभर्सनमा ठूला मालवाहक गाडीहरु फस्ने गरेका छन् । जसले गर्दा चालक तथा यात्रुलाई यात्रा गर्न निकै सास्ती भएको छ ।

 

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया