news-details

खोलामा माछामार्न गएका दुई जनाको मृत्यु

काठमाडौं- स्याङ्जामा माछा मार्ने क्रममा खोलामा डुबेर सोमबार राति दुइजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र सोही ठाउँका ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।उनका अनुसार सोमबार अपरान्ह चारबजेतिर उनीहरु गाउँ नजिकै रहेको ज्याग्दी खोलामा माछा मार्न गएका थिए। सोही क्रममा खोलामा डुबेर मृत्यु भएको हो। घट्ना बेलुकीपख भएपनि आफुहरुले राति करिब ९ बजे खबर पाएको प्रहरी उपरीक्षक लम्सालले बताए।
उनीहरुको शब पोष्टमाटम गरेर अहिले आफन्तलाई बुझाउने तयारी भइरहेको छ। मृतक निरबहादुर आले स्थानीय राम मन्दिर माविका शिक्षक समेत रहेको बुझिएको छ। ज्याग्दीखोला पाल्पा र स्याङजाको संगम बनेर बगेको कालीगण्डकी नदिमै मिसिएको छ ।

 

You can share this post!


प्रतिक्रिया