news-details

ईपीएल फागुनमा

काठमाडौँ - एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण फागुन १७ देखि चैत १ (फेब्रुअरी १९ देखि मार्च ४) सम्म हुने भएको छ । ईपीएलको यसअघिका दुई संस्करण डिसेम्बरमा हुँदै आएको थियो । यसपालि पनि प्रतियोगिता तीन शनिबार आयोजना हुनेछ ।
चिसो मौसम रहने भएकाले बिहानका खेलहरू केही ढिला गरी सञ्चालन हुने आयोजक ईपीएलले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटका एक ठूला नामभएका खेलाडी राख्न अनिवार्य गरिएको छ । ती खेलाडीलाई आइकोनिक खेलाडीका रूपमा राखिने भएको छ । ईपीएलमा चार विदेशी खेलाडी राख्न पाउने नियम छ ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आइकोनिक खेलाडी समेट्दा प्रतियोगिताले नयाँ आयाम थप्ने जनाएका छन् । ६ फ्रेन्चाइज टोली सहभागी हुने प्रतियोगिता गत संस्करण ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गरी जितेको थियो ।
प्रतियोगिताको मिति र आधिकारिता पाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग पत्राचार गरिएको आयोजकले जनाएको छ ।

You can share this post!


प्रतिक्रिया