news-details

अनमोल ‘एन्टी हिरो’ खेल्ने, भिलेन बन्दैछन् भुवन

काठमाडौं - अभिनेता अनमोल केसीले चलचित्र ‘एन्टी हिरो’ मा अभिनय गर्ने भएका छन् । केही समय विश्राम लिएका केसीले अब यो फिल्ममा अभिनय गर्ने भएका छन् ।
आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अभिनेता भुवन केसीको पनि अभिनय रहनेछ । स्रोतका अनुसार भुवन यो फिल्ममा खलनायकको भूमिकामा देखिनेछन् । अनमोल हिरो र भुवन भिलेन हुने फिल्मको चर्चा यसअघि पनि थियो ।
फिल्ममा अन्य कलाकार को हुने भन्नेमा अझै फाइनल भएको छैन । फिल्मका निर्माता समेत रहेका भुवन केसीका अनुसार अन्य कलाकारको छिट्टै फाइनल गरिनेछ ।

 

You can share this post!


प्रतिक्रिया