news-details

प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै ३ जना पक्राउ

जनकपुरधाम - त्रिभुवन विश्वविद्यालयको वाणिज्य शास्त्रअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् ।
धनुषाको रामसागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम वर्षअन्तर्गत तथ्याङ्क शास्त्र विषयको प्रश्न पत्र आउट गरी फोटोकपी गर्ने ३ जनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परीक्षामा सहभागी परीक्षार्थीले फेसबूकको म्यासेन्टरबाट प्रश्नपत्र आउट गराएका थिए । उक्त प्रश्नपत्र अरुलाई पनि बाँड्नका लागि फोटोकपी गर्दै गरेको अवस्थामा ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति र अन्य २ जना छन् ।
प्रहरीले ३ जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

You can share this post!


प्रतिक्रिया