news-details

यति दमदार बनेर आयो प्रभाव स्टारर ‘साहो’ को ट्रेलर

काठमाडौं - भारतीय अभिनेता प्रभास स्टार फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बलिउडको प्रतीक्षित यो फिल्मको ट्रेलर एक्सन प्याकले भरिएको छ ।
ट्रेलरमा केन्द्रीय भूमिकामा प्रभासलाई देखाइएको छ । यस्तै श्रद्धा कपूर, निल नितिन मुकेश, भुषण कुमार, ज्याकी श्राफ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । एक्सन र रोमान्स देखाइएको ट्रेलर दमदार छ ।
फ्यानले ट्रेलरमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘२९ वर्षीय निर्देशकले निर्देशन गरेको यो फिल्म खत्रा छ जस्तो छ ।’
चलचित्र ‘बाहुबली’ सिरिजपछि प्रभासका कुनै फिल्म पनि रिलिज भएका छैनन् । त्यसैले पनि उनका फ्यानले लामो समयदेखि यो फिल्मको प्रतीक्षा गरेका छन् ।
चलचित्र ४ भाषामा रिलिज हुँदैछ । फिल्मका लेखक तथा निर्देशक सुजित हुन् ।

You can share this post!


प्रतिक्रिया