news-details

साझा यातायातको कथा : बार्षिक झण्डै डेढ करोड ट्राफिक जरिवाना

साझा यातायातले केही समयअगाडि सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्कमा दैनिक ४० हजार रुपैयाँ ट्राफिक कारवाहीकै नाममा तिरेको उल्लेख गरेको छ । ७१ वटा बसमध्ये कम्तीमा आधा बस प्रत्येक दिन ट्राफिक कारवाहीमा पर्ने गरेको तथ्याङ्क देखिएको थियो । वार्षिक १ करोड  ४४ लाख , दैनिक ४० हजारको दरले हिसाब गर्दा मासिक १२ लाख  त साझा यातायातले ट्राफिक कारवाहीकै नाममा बुझाउने गरेको रिपोर्ट सार्वजनिक भयो । जुन रकम आर्थिक वर्ष २०७४/७५ मा भएको साझा यातायातको कुल घाटाको करिब ३१ प्रतिशत हुन आउँछ ।

ट्राफिक कारवाहीकै नाममा वार्षिक १ करोड ४४ लाख रुपैयाँ साझा यातायातले ट्राफिक जरिवानामा बुझाउनु पर्ने भएपछि आर्थिक वर्ष २०७५/७६ बाट भने चालकको कारणले जरिवाना तिर्नुपर्ने भएमा त्यसको जिम्मेवार स्वहेम चालकलाई नै बनाउने गरेको श्रोत  बताउँछ । कहिलेकाहीँ मेसिनरी वा अन्य प्राविधिक कारणले पनि ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था आएको भन्दै चालकको लापरवाही वा अन्य कारणले जरिवाना तिर्नुपर्ने भएमा त्यो चालकले नै तिर्नुपर्ने वा चालकको तलबबाट कट्टा हुने समीतीले बताएको छ । साझाले यो व्यवस्था गरेसँगै वार्षिक करिब १ करोड बचत हुने बताएको छ ।

You can share this post!


प्रतिक्रिया