news-details

जर्मनले नेपाललाई ३ अर्ब रुपैयाँ सहायता दिने

Total Share : 430 Total Views : 3 K

काठमाडौं - जर्मनले नेपाललाई ३ अर्ब २ करोड रुपैयाँ आर्थिक सहायता उपलव्ध गराउने भएको छ। अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको सचिव खनालले जानकारी दिए।

कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताए। जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ।

 

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया