news-details

नेपाल रिकन्डिसन व्यवसायी संघद्वारा दुवै हात गुमाएकी किशोरीलाई आर्थिक सहयोग

Total Share : 473 Total Views : 3.3 K

काठमाडौं - सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी गरेको छ । ‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई संघले सहयोग रकम हस्तान्तरण गरेको छ । घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुयियाँको चेक हस्तान्तरण गरिएको थियो ।

संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीहरुले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष विएन पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नु पर्ने धारणा व्यक्त गरे ।

अन्तरक्रियामा वोल्ने अधिकांश व्यवसायीहरुले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिका लगायत विविध विषयका बारेमा आ–आफ्नो जिज्ञाशा व्यक्त गरेका थिए । उनीहरुको जिज्ञासा जायज भएको र समाधानका लागि आफूहरुले सक्दो पहल थाल्ने कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका थिए ।

You can share this post!

Total Share : 473 Total Views : 3.3 K

प्रतिक्रिया