news-details

श्रीलंकालाई सेमिफाइनल पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाब, आज वेस्ट इन्डिजसँग खेल्दै

Total Share : 473 Total Views : 3.3 K

एजेन्सी - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमाबार) श्रीलंका र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन् । को सामना गर्दैछ । रिभर साइड मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा श्रीलंकालाई विश्वकपमा टिकी राख्न जित्नै पर्ने बाध्यता छ । विश्वकपबाट बाहिरि सकेको वेस्ट इन्डिजका लागि श्रीलंकाविरुद्धको खेल प्रतिष्ठाको लडाई हुनेछ । पहिलो संस्करण देखिनै विश्वकपमा सहभागी यी दुई टोलीको स्तर उस्तै खालको छ । वेस्ट इन्डिजले पहिलो र दोस्रो संस्करणको विश्वकप जितेको थियो । श्रीलंकाले सन् १९९६ को छैटौं संस्करण उपाधि जितेको थियो ।

जारी विश्वकपमा यी दुई टोलीले सात खेल खेलिसकेका छन् । एक जित, पाँच हार र एक खेल अनिर्णित नतिजा निकालेको वेस्ट इन्डिजको तालिकामा तीन अंक छ । यसअघिनै बाहिरिएको वेस्ट इन्डिजलाई गुमाउन केही बाँकी छैन । यता श्रीलंकालाई सेमिफाइनल पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । श्रीलंकाले खेलेका सात खेलमा दुई जित र तीन खेलमा हार खेपेको छ । दुई खेल वर्षाका कारण रद्ध भएको थियो । ६ अंक बनाएको श्रीलंका असहले सातौं स्थानमा छ ।

यी दुई टोलीबीच यसअघिको विश्वकप भिडन्मा वेस्ट इन्डिज बलियो देखिएको छ । दुई टोली यसअघि आठ पटक भिडेका छन् । जसमा चार खेल वेस्ट इन्डिजले जितेको छ । तीन खेलमा श्रीलंका विजयी भएको छ । एक खेल अनिर्णित रूपमा सकिएको थियो । श्रीलंकालाई अगाडी बढ्न आज जित अनिवार्य छ । उसको सेमिफाइनल यात्रा अन्य टोलीको प्रदर्शनले पनि निर्धारण गर्नेछ । पराजित भएमा श्रीलंका बाहिरिने पक्का छ । त्यसैले श्रीलंकालाई आज जित निकाल्नै पर्ने दबाब छ ।

 

You can share this post!

Total Share : 473 Total Views : 3.3 K

प्रतिक्रिया