news-details

भक्तपुर नगरका सबै वडामा निःशुल्क जिमखानाले यसरी बदलिदै छ दैनिकी

Total Share : 258 Total Views : 1.8 K

हिजोआज भक्तपुर सिद्धपोखरी आसपास बस्नेहरुको दैनिकी बदलिएको छ । झिसमिसे बिहानीमै सिद्धपोखरी परिक्रमा र सूर्यदेवको दर्शन गरेर घर फर्किने धेरैलाई आजकल पोखरीको द्वारमै रहेको जिमखानाले भुल्याउँछ । जिमखाना सानै छ । उपकरण पनि त्यति धेरै छैनन् र पनि नगरपालिकाले दिएको उपहारको सदुपयोग गर्नेहरुको संख्या बढ्दो छ । कोही मर्निङ वाकबाट फर्कंदा आउँछन् भने कोही पहिले जिमखाना छिरेर सिद्धपोखरीतिर लाग्छन् ।

तिनैमध्येका एक दिनेश बोडे (३५)ले बिहान सवा पाँच बजेसम्ममा तीन पटक सिद्धपोखरी घुमेर जिमखाना पसिसक्ने रुटिन बनाएका छन् । ‘पहिले पोखरी परिक्रमापछि हल्का शारीरिक व्यायाम गरेर घर फर्किने गरेको थिएँ’, उनी भन्छन्, ‘नगरपालिकाले जिमखाना बनाइदिएपछि चाहिँ ४५ मिनेटजति यसको उपयोग गरेर र्फकन्छु ।’

सिद्धपोखरी नजिकै डेरा लिएका दोलखाका विष्णु श्रेष्ठ पनि नगरपालिकाले बनाइदिएको जिमखानाको नियमित उपयोग गर्नेमा पर्छन् । काठमाडौंमा काम गर्ने उनी भक्तपुर नगरपालिकाले कोठा नजिकै यस्तो निःशुल्क सुविधा जुटाइदिएपछि डेरा नसर्ने निर्णयमा पुगेका छन् ।

बिहान आठ बजेसम्म जिमखाना भरिभराउ हुने गरेको छ । वृद्ध, वयका र साना नानीबाबु लिएर आउने आमाबाबु आठ बजेसम्म पनि आइरहन्छन् । जिमखानाभित्र बुढापाका, महिला र बालबालिकादेखि तन्नेरीहरुसम्मका लागि शारीरिक व्यायामका उपकरणहरु राखिएका छन् । जिमखानामामै भेटिएका वडा नं ३ का शिवजी श्रेष्ठ -७५) ले सुरुदेखि नै यहाँ आउने गरेको बताएका छन् ।

You can share this post!

Total Share : 258 Total Views : 1.8 K

प्रतिक्रिया