news-details

सिन्धुपाल्चोकमा भयानक दुर्घटना : आधादर्जन बढीको मृत्यु दर्जनौ घाइते

Total Share : 12.1 K Total Views : 85.1 K

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष जीवन कुमार थापा मगरले  जानकारी दिएका छन् ।

 जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएकोमा थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ । सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष थापा मगरले बताए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए । मृतकहरुको सनाखत हुनसकेको छैन । यसबारेमा थप विवरण आउन बाकी छ ।

You can share this post!

Total Share : 12.1 K Total Views : 85.1 K

प्रतिक्रिया