news-details

यस्तो रहयो भिआईपीहरुको दशैं फोटो फिचर

हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट सुभ साइतमा भिआईपी हरुले यसरी टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका ग्रहण गर्नु भयो । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिनु भयो । 

 उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गर्नु भयो । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाउनु भयो ।उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिनु भयो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका जमरा ग्रहण गर्नु भयो । बालुवाटारमा आफूले टीका लगाएपछि उहाँले पत्नी राधिकालाई टीका लगाउनु भयो । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाउनु भयो ।

 

भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाउनु भयो । उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाउनु भयो ।

 

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्नु भयो । विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण गरेको फोटा राख्दै डा। भट्टराईले ट्वीटरमा लेख्नु भएको छ , ‘सबैको भलो होस १ देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस  , असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस ’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले ठूलीआमाको हातको ग्रहण गर्नु भयो । मंगलबार दिउँसो मन्त्री निवास पुलचोकमा उहाँले दशैंको ग्रहण गर्नु भयो । उहाँले टीका लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्नुभएको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका ग्रहण गर्नुभएको छ । उहाँले दाजु अवकास प्राप्त रथी नेत्रबहादुर थापा र भाउजु अमिताको हातको टीका लगाउनु भएको हो । आफूले टीका ग्रहण गरे पश्चात उहाँले परिवारका अन्य सदस्यलाई टीका लगाइदिनु भएको थियो ।


श्रम रोजगार मन्त्री गोकर्ण बिष्टले पनि ९ वर्षपछि गृहजिल्ला गुल्मी आएर आमा ८९ वर्षीया चिन्ताको हातबाट टीका ग्रहण गर्नुभएको छ। इस्मा गाउँपालिका–४ स्थित घरमा पुगेर मन्त्री बिष्टले टीका लगाउनु भएको हो ।


पर्यटनमन्त्री योगेश भट्टराईले पनि आमाको हातको टीका ग्रहण गर्नुभएको छ। त्यसपछि उनले क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट पनि ग्रहण गर्नुभएको छ ।


 

You can share this post!


प्रतिक्रिया