news-details

सीको स्वागतको तयारी स्वरुप तिनकुनेचोक बन्यो हरियालीमय

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व संध्यामा काठमाडौंमा पनि तिनकुनेचोक लाइ हरियाली बनाउन रातारात काम भइरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक रातारात चिल्ला भएका छन्, सडक पेटीहरु रंगिएका छन् ।

त्यतिमात्र होइन, पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको तीनकुने चोकमा रातारात हरियाली छाएको छ । सडक छेउछाउ हरिया विरुवाहरु रोपिएका छन्, अब दुबो उमारिनेछ र चिनियाँ राष्ट्रपति सी जिनपिङ त्रिभुवन विमानस्थलबाट ओलिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्नेछ ।

 

You can share this post!


प्रतिक्रिया