news-details

शुक्रवारको दिन यसो गर्नुहोस्, सबै कार्यहरूमा सफलता मिल्नेछ

शुक्रवारको दिन दैन्त्यहरुका गुरु शुक्रले राज गर्ने गर्छन। शुक्रको प्रकृति नाजुक, मैत्री र मीठो हुने गर्दछ। यस प्रकारले यो दिन सबै प्रकारका कार्यहरू राम्रो हुने मान्यता छ। त्यसैगरी यसदिन परिवारिक जीवन सुरु गर्न, प्रेम सम्बन्ध आरम्भ गर्न र कुनैपनि चिजको खरीद बिक्री सुरू गर्न ज्यादै शुभ मानिन्छ। शुक्रवार नयाँ वाहन खरिद गर्न, गम्भीर बिरामीहरूको उपचार गर्न बहुमूल्य गहना, पत्थर तथा नयाँ घर खरीदको लागि पनि शुभ हुने मान्यता छ।

यसबाहेक, शुक्रवार हल्का नीलो वा सेतो कपडा लगाउदा अत्यन्तै अनुकूल मान्ने गरिन्छ। यसदिन भाग्य उदयकालागी घरबाट निस्कने अघि दही खाने गर्छन र साथै खानामा दुधका उत्पादन जस्तै पनिर, बटर, चीज आदि खाएमा राम्रो नतिजा आउन सक्ने मान्यता छ। लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का बिशेष गरि शुक्रबारको दिन किनेर घरमा ल्याउनु होस्। यसो गर्दा घरमा पैसाको कमि कहिले हुदैन। यस्तै स्टिल, पित्तल र सिलाबरका भाडाकुडाहरु शुक्रबारको दिन किन्नुहोस यसो गर्नाले ग्रह दशा हटेर जान्छ।

शुक्रबारको दिन इलेक्ट्रोनिक समानहरु किन्नु एकदम शुभ मानिन्छ यसो गर्दा आर्थिक समस्या कम भएर जान्छ समान टिकाउ पनि हुन्छ। हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मी को पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ ।

You can share this post!


प्रतिक्रिया