​सुसाइडनोटमा आइ लभ यु पापा ममी लेखेर दुई कीसोरी रेलको लिकमा!



वीरगञ्ज -  सीमावर्ती शहर रक्सौलको दक्षिणी गाउँमा अवस्थित रेल्वे लिकमा मृत भेटिएका दुई नेपाली किशोरीको कोठाबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको बताएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले छात्राहरु बस्दै आएको वीरगञ्ज रानीघाटस्थित कोठा फोरेर हेर्दा ‘संयुक्त सुसाइड नोट’ फेला पारेको हो । प्रहरीका अनुसार रातो कलमले लेखिएको सुसाइड नोटमा उनीहरुले कसैमाथि कुनै पनि किसिमको आरोप लगाएका छैनन् ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारी बस्ने निभाकुमारी साह र सोही गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने किरण चौरसियाको शव रेलको लिकमा क्षत विक्षत अवस्थामा फेला परेको थियो । उनीहरु दुबैजना कक्षा ११ मा पढ्थे ।रक्सौलबाट दिल्ली जाँदै गरेको १५२७३ नम्बरको सत्याग्रह एक्सप्रेस रेलले उनीहरुलाई किचेको जनाइएको छ । घटनास्थलबाट भारतीय प्रहरीले फेला पारेको फुटेको मोबाइल र निभा कुमारीको वीरगञ्ज पब्लिक स्कुलको कक्षा ११ को आइडी कार्डका आधारमा उनीहरुको सनाखत भएको थियो । केही मिटर वरपर रहेका दुबै शवको अंगहरु छिनेको अवस्थामा भेटिएका थिए । रेलले एकजनाको टाउको छिनाएको थियो भने अर्कीको खुट्टा चुँडाएको थियो ।  


about author
प्रतिक्रिया