लण्डन उड्दै गर्दा पूजा र आकाशले भने–‘एकसाथ काम गर्दा सहज महशुश गर्छौ’
- Yes Khabar
- 08 February, 2019
- 115
नायक आकाश श्रेष्ठले भने–‘म नयाँ स्थानमा चलचित्रको छायांकन हुँदा उत्साहित छु । आशा छ, दर्शकका लागि हामीले विशेष चलचित्र बनाउनेछौ ।’ नायिका पूजा शर्माले चलचित्रको ९९ प्रतिशत छायांकन नै लण्डनमा हुने बताइन् । २ महिना लण्डनमा बस्दा आफूले नेपाल र साथीभाइलाई मिस गर्ने आकाशले बताए । यता, नायिका पूजा शर्माले भने आफ्नी आमाको गाली मिस गर्ने बताइन् ।
नायिका शर्माले एक बर्षपछि आफूले फेरि फरक स्वादमा चलचित्र दर्शकमाझ ल्याउने बताइन् । नायक आकाश श्रेष्ठ र आफ्नो जोडी दर्शकले मन पराएको भन्दै पूजाले भनिन्–‘म आकाशसँग काम गर्दा सहज हुन्छु ।’
आकाशले भने–‘पूजासँग मैलै धेरै संगत गरेको छु । यसैले पनि काम गर्न सहज लाग्छ ।’
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो चलचित्रलाई आगामी भदौमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
अनलाइनखबर
about author

एसखबर संचार
सखबर संचार मूलधारको लोकप्रिय अनलाइन बन्न सफल एक नेपाली डिजिटल पत्रिका हो । जसमा विषेश गरी नेपाली राजनीति, सामाजिक, व्यवसायिक तथा विश्व परिबेश संग सम्विन्धत ताजा समाचारहरु हेर्न सक्नुहुनेछ । धन्यवाद ।

एनसेलकाे मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम बिस्फोट, २ जना घाइते
ललितपुर - ललितपुरको नख्खुमा रहेकाे एनसेलकाे मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम बिस्फोट हुँदा बाटाे हिँड्दै गरेका २ जना घाइते भएका छन् । घटनामा घाइते हुनेहरुकाे नजिकैकाे अल्का अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार साँझ करिब ८ बजे भएकाे विष्फाेट कसले गराएका हुन् भन्ने खुलेकाे छैन भने विष्फाेटपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशष्त्र प्रहरीकाे टाेली परिचालन गरी सुरक्षा व्यवस्था निकै कडा पारिएकाे छ । विस्फोटमा एनसेलकाे मुख्य कार्यालसँगै रहेकाे आर एन फर्निचरमा ठूलाे क्षति पुगेकाे छ । एनसेलकै कार्यालयमा भने के कति क्षति भएकाे भन्ने विवरण आउन बाँकी छ ।

कुन देशमा कति सुन छ? सबैभन्दा बढी सुन भएका विश्वका टप टेन देशहरु यी हुन्!
एजेन्सी - सुन लोककै वहुमुल्य चिज हो । विश्वका मुद्राहरुको मूल्य सुनको मूल्यसँग प्रत्यक्ष रुपमा जोडिने भएको हुन्छ ।कुनैपनि मुलुकले यसलाई विभिन्न प्रयोजको लागि याआत र निर्यात गरिन्छ । धेरै देशहरुले ठूलो परिमाणमा सुन राखिरहेका छन् । विश्व सुन आयोग अन्तरगत वर्ल्ड अफिसियल गोल्ड होल्डिंग्सको सन् २०१७ को नोभेम्बर सम्मको तथ्यांक अनुसार विश्वमा सबैभन्दा धेरै सुन टपटेन देशहरु यी हुन् ।
१.अमेरिका-अमेरिकासँग ८१३३।५० टन सुन भण्डारण रहेको छ । अमेरिका विश्वमा सबैभन्दा धेरै सुन राख्ने देश हो ।
देशका विभिन्न ठाउँमा रहेका सुन भण्डारण केन्द्रमा अमेरिकाले सुन राखेको छ । चर्चित नक्स फोर्ट सुन भण्डारण गरिएको एक उल्लेखनीय स्थानमा पर्दछ ।
२.जर्मनी- विश्वमा सबैभन्दा धेरै सुन थुपार्ने दोश्रो देशमा पर्दछ जर्मन । जर्मनीसँग ३३७३ टन सुन रहेको छ ।
जर्मनीले न्युयोर्कको फेडेरल रिजर्भ बैंक, बैंक अफ इंगल्याण्ड तथा फ्रान्सेली बैंक लगायतमा समेत आफ्नो सुन राखेको छ ।
३.अन्तराष्ट्रिय मुद्रा कोषस् अमेरिका र जर्मनीपछि सबैभन्दा धेरै सुन भण्डार अन्तराष्ट्रिय मुद्रा कोष सँग छ । आइएमएफसँग २८१४ टन सुन रहेको छ ।
४.इटाली- सुनको चौथो ठूलो भण्डारण रहेको देश इटालीसँग २४५१ टन सुन रहेको छ ।
इटालीको उक्त सुनको स्वामित्व उसको केन्द्रिय बैंकसँग नभै इटालिया बैंकसँग छ । इटालीको उक्त सुन रोमसँगै स्विजरल्याण्ड, अमेरिका तथा बेलायतका बैंकहरुमा रहेको छ ।
५.फ्रान्स-फ्रान्ससँग २४३५।९० टन सुन रहेको छ । यो मध्ये धेरैजसो १९५० देखि १९६० सम्मको अवधिमा खरीद गरेको बताइन्छ ।
६.चीन- विश्वको सबैभन्दा ठूलो सुन उत्पादक चीनसँग १८४२।६ टनमात्र सुन रहेको छ । चीनमा मध्यमवर्गको तिव्र उत्थानसँगै सुनको माग पनि उच्चदरमा बढिरहेको छ ।
७.रुस-अर्बौ डलरको सुन उद्योग रहेको रुसमा १७७८।९० टन सुन रहेको छ ।
८.स्विजरल्याण्ड -सबैभन्दा धेरै सुन भएको देशमा आठौँ स्थानमा रहेको स्विजरल्याण्डसँग १०४० टन सुन रहेको छ ।
९.जापान -जापानसँग ७६५।२० टन सुन रहेको छ ।
१०.नेदरल्याण्ड - ६१२।५ टन सुनसँगै नेदरल्याण्ड दशौँ स्थानमा रहेको छ । हाल एम्सटर्डममा रहेको सुनको गोदामलाई जेइस्टमा निर्माणधिन गोदाममा सार्ने विषयमा नेदरल्याण्डमा छलफल चलिरहेको छ ।

३० सेकेन्ड योग विधि अपनाएँ
सकारात्मक सोच
परीक्षा तयारी र लेखनमा सकारात्मक सोचले प्रभाव पार्ने गर्दछ । व्यक्तिगत सोच, विचार, मौलिकता र शब्दचयन लेखनसीपमा प्रभाव पार्ने तत्वहरू हुन् । सकारात्मक सोचले व्यक्तिको नैतिकता, आचरण, व्यवहार र पेसाप्रतिको निष्ठामा समेत प्रभाव पार्दछ । सार्वजनिक प्रशासनका हरेक गतिविधिलाई आलोचनात्मक नजरबाट मात्र सोच्ने र विश्लेषण गर्ने अभ्यासले आफ्नो लेखाइ सकारात्मक धारबाट बहन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यस्तै, नैतिकता र आचरण सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा सम्बन्ध गाँसिएका विषय हुन् ।
उम्मेदवारको व्यक्तिगत सोच, विचार र बुझाइ उत्तर लेखनमा कतै न कतै झल्किने हुँदा सार्वजनिक निकायप्रतिको हेराइ नै गलत भएको कर्मचारीले कसरी नतिजामूलक सेवा प्रदान गर्न सक्दछ भन्ने जाँचकीको बुझाइबाट परीक्षामा पछाडि पर्न सकिन्छ । त्यसैले समस्यामूलक प्रश्नलाई पनि रचनात्मक माध्यमबाट सकारात्मक ढंगले समाधानको बाटो पहिल्याउन सकेको खण्डमा उत्तरमा सकारात्मक छाप छोड्न सकिन्छ ।
अध्ययन र लेखन विधि
राजपत्र अनंकित र राजपत्रांकित तृतीय श्रेणीका परीक्षामा सोधिने प्रश्नहरूमा मैले थोरै भिन्नता पाउने गरेको छु । खरिदार÷नायब सुब्बाको परीक्षामा सोधिने प्रश्नहरूबाट खास गरेर इनफर्मल र एनालाइटिकल उत्तरको अपेक्षा गरिएको हुन्छ भने शाखा अधिकृतहरूलाई सोधिने प्रश्नहरूबाट इनफर्मल, एनालाइटिकलका साथै समस्या समाधानका लागि आफ्नो मौलिक राय सुझाबसमेतको अपेक्षा गरिएको हुन्छ ।
उत्तरलाई सुन्दर र तथ्यपरक बनाउने क्रममा समस्यासँग सम्बन्धित तथ्यांक पेस गरी उत्तरलाई तथ्यपरक र विश्वसनीय बनाउन सकिन्छ । त्यसैगरी, प्रस्तुत गरिएका तथ्यांकलाई प्रश्नको परिधिभित्र रही विश्लेषण गर्न आवश्यक छ । तार्किक विश्लेषण क्षमताले कुनै पनि विषयवस्तुलाई रचनात्मक ढंगबाट प्रस्तुत गर्न सकिन्छ । यसबाहेक शाखा अधिकृत परीक्षाका लागि तथ्यांक र विश्लेषण गर्ने क्षमतासहित समस्या समाधानका लागि राय पेस गर्ने क्षमतासमेत हुन आवश्यक छ । निर्णय प्रक्रियाका सबैजसो चरणमा यसै तहबाट सहभागी हुने अवसर प्राप्त हुने हुँदा उम्मेदवारको समस्या समाधानका निम्ति निर्णय क्षमताको योग्यता पनि खोजिन्छ ।
लेखाइलाई तथ्यपरक बनाउने क्रममा प्रथम पत्रको तयारी गर्ने समयमा नै द्वितीय र तृतीय पत्रका लागि आवश्यक तथ्यांकलाई छुट्टै नोट तयार गर्न सकिन्छ । अध्ययन गर्ने क्रममा बजारमा पाइने गाइडको पूर्ण भर नपरी कुनै एउटा गाइडलाई सन्दर्भ सामाग्रीका रूपमा लिएर खोजमूलक अध्ययन विधि अपनाउन सकिन्छ । नेपालको आर्थिक, सामाजिक राजनीतिक विषयमा हजारौँ पुस्तक बजारमा उपलब्ध हुने हुँदा त्यस्ता पुस्तकको स्वाध्ययनमार्फत ज्ञानको दायरा बढाउन सकिन्छ ।
समय व्यवस्थापन
परीक्षा तयारीका दौरान होस् या परीक्षाको समयमा, समय व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने गर्दछ । विविध कारणबाट तयारीका लागि समय व्यवस्थापन गर्न नसक्दा मैले समय नै पाइनँ भन्दै उपायको खोजी गर्नतिर लाग्नुभन्दा पाएको समयलाई सही व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । तयारीका क्रममा १४–१५ घन्टा समय व्यवस्थापन गरे तापनि घनिभूत रूपमा अध्ययन गर्ने त एक वा दुई घन्टा नै हो । धेरै समय प्राप्त हुँदा समय छ भन्दै अध्ययनको तीव्रता बढाउन सकिइरहेको हुँदैन । अझ पढ्ने समय कम प्राप्त छ भने बढी नै अटेन्टिभ र एक्टिभ भएर अध्ययन गर्ने गरिन्छ । त्यसैले समय नै पाइएन भनेर तयारी नै गर्न छोड्न भने हुँदैन ।
अर्कोतर्फ, परीक्षाका दौरान समय व्यवस्थापनको महत्व झनै हुने गर्दछ । हजारौँ मिनेट समयलाई व्यवस्थापन गरेर आर्जन गरेको ज्ञानलाई प्रथम पत्रको ९० मिनेट समय आफ्नो पक्षमा व्यवस्थापन गर्न नसक्दा करिअरको ढोका नै बन्द हुन सक्ने अवस्था आउन सक्दछ । परीक्षाको समयमा डर लाग्नु र अत्तालिनु स्वाभाविक हो । तर, आवश्यकताभन्दा बढ्ता नै डराउनु भने हानिकारक हुन सक्छ । अधिकांश परीक्षार्थीले भोग्ने समस्या पनि यही हो ।
अत्तालिएर परीक्षा नै बिगार्ने समस्या समाधानका लागि ३० सेकेन्डको योग विधि अपनाउन सकिन्छ । धेरैले यो विधिलाई वाहियात पनि भन्ने गर्छन् । किनकि, यो विधि अपनाउन गाह्रो छ । तर पनि सजिलो छ । वास्तवमै यो ज्यादै व्यावहारिक र वैज्ञानिक पनि छ । मैले यो विधि पटक(पटक प्रयोग गरेको छु र सफल पनि भएको छु । यो विधिका माध्यमबाट आफ्नो पकडबाट गुमिसकेको अवसरलाई पुनः आफ्नो पक्षमा ल्याउन सकिन्छ । यस विधिको प्रयोग गर्न ३० सेकेन्डसम्म आँखा चिम्लेर औसतमा पाँचदेखि छपटकसम्म लामो श्वास लिँदै फेर्न सकिन्छ । यसो गर्नाले डर र भयले तातेको शरीरलाई साधारण अवस्थामा ल्याउन सकिन्छ । सोच्नै नसक्ने गरी शून्यप्रायः भइसकेको मस्तिष्कलाई रिफ्रेस गरी पुनः एक्टिभ बनाउन सकिन्छ । ९० मिनेटमा ३० सेकेन्डसम्म पनि धैर्य गर्न सकिएन भने भगवान्लाई पुकार्दै आँखा चिम्लेर उत्तर टिक लगाउनुबाहेक अरू कुनै उपाय रहँदैन ।

साङ्लाले भान्छा देखि सुत्ने बेडसम्म हैरान बनायो ? यसरी सजिलै भगाउनुस् (उपाय)
भान्सा कोठामा अध्यारो ठाउँ मन पराउने साङ्लालाई बजारमा पाइने स्प्रेले मार्न त मार्छ तर मानिसको स्वस्थ्यमा पनि असर पुर्याउँछ । र केही समय फेरी भरिइहाल्छन् । किनकी साङ्ला तपाईको जमिनमुनिबाट आउँछन् । वाथरुमको पाईपबाट सिँधै भित्र आउँछन् । न यीनीहरु पानी देखि डराउँछन् न त अध्यारो । यहाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोगले गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन ।
तेजपात : खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।
बेकिङ पाउडर र चिनी : एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।
ल्वाङ : ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् । यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।

अज्ञात समूहद्वारा लहानमा करिब ४०० प्रति पत्रिका जलाइयो
लहान - अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन्। लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि विक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करिब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो।
‘पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो’, पसल सञ्चालक दिनेश देवले भने, ‘म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन।’ यता ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए।
केही दिनअघि सीता नोबेल पसलका लागि आएको कान्तिपुर, काठमाडौं पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो।

सरकारी चिकित्सकहरूले गरे आकस्मिक बाहेकका सेवा बहिष्कार
उनीहरूले शुक्रबार बिहान करिब १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए। स्थानीय तहको मातहत रहने तथा आफूहरूको वृत्तिविकास समेत नहुने गरी ल्याएको सो ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालको सेवाहरू बहिष्कार गर्नुपरेको सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा.दिपेन्द्र पाण्डेले जानकारी दिए। सरकारी चिकित्सकहरूले आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत १ महिनायता विरोध प्रदर्शन र धर्नासहितको कार्यक्रम गर्दै आएका थिए । अध्यक्ष पाण्डेले सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरूको माग सुनुवाइ नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सुरू गर्नु परेको स्पष्ट पारे। सरकारी चिकित्सकहरूले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरूको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन्।
यसैबीच, शुक्रबार वीर अस्पताल पुगेका बिरामीहरूले आफूहरूलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरूप्रति आक्रोश व्यक्त गरेका थिए। अस्पतालमा पुगेका बिरामीहरूले आफूहरू अस्पताल आएको तर टिकट काउन्टरनै बन्द भएको भन्दै गुनासो समेत गरेका छन्। अस्पताल आएका बिरामीहरूले उपचार गर्न समेत नपाउने अवस्था आएकोमा आपत्ति समेत जनाएका छन्। सरकारले स्थानीय तहको मातहत रहने व्यवस्थासहित निजामती कर्मचारी ऐन ल्याएपछि त्यसलाई सच्याउन माग गर्दै सरकारी चिकित्सकहरूले आन्दोलनको कार्यक्रमलाई झनै सशक्त बनाउँदै लगेका हुन्।

वीर अस्पतालमा निर्माणाधीन भवनको ‘लिफ्ट’ चुडिँदा २ को मृत्यु
उक्त भवनमा अहिले छैठौं तलाको निर्माण जारी छ। घटनामा परी दुई मजदुरको ज्यान गएको र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। के कारणले लिफ्ट चुँडियो भन्ने खुल्न सकेको छैन।

किसानले भेटाए अहिले सम्मकै ठूलो र अचम्मको गुफा, जसभित्र छ अनौँठो संसार
त्यसपछि उनले त्यहाँ अलगै संसार देखे। उक्त गुफा भित्र उनले नदीको आवाज सुने, त्यती मात्रै हैन उनले उक्त गुफाभित्र तिब्र हावा चलेको आवास समेत सुने।
त्यसपछि उनी डराए र त्यहाँबाट बाहिर निस्किए। त्यस घटनाको केही दिनपछि उनको भेट ब्रिटिस केव रिसर्च एसोसिएशनका अनुसन्धान कर्ता डेब लिम्बर्टसँग भयो। उनले भेटमा नेशनल पार्कको बारेमा सुनाए। उक्त दौरानका क्रममा लामो समयसम्म उनीहरुले उक्त गुफाका बारेमा सत्यता बाहिर ल्याउन सकेनन्। तर २००८ मा किसान फेरि दोस्रो प्रयास गरे त्यसपछि उनले त्यहाँसम्म पुग्ने बाटो भेटाए । र उनै अनुसन्धान कर्ताको सहयोग लिएर उक्त गुफा भित्र पसे। र गुफाका बरेमा अनुसन्धान गर्न सफ बने।
यस्तो छ गुफा भित्र
उक्त गुफा अन्य गुफा भन्दा निकै फरक छ। गुफाभित्र जानका लागि करिब २६२ किलोमिटर तल जानु पर्छ। उक्त गुफा ५ किलो मिटर लामो । यो गुफा यती ठूलो छ की जुन भित्र नदी, जंगल तथा अलगै मौसम समेत रहेको छ। उक्त गुफामा विभिन्न किसिमको जनावर समेत बस्ने गर्दछन्। उक्त गुफाको सुन्दरता शब्दमा समेत बयान गर्न नसकिने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विश्वको सबैभन्दा लामो कार,जहाँ हेलिप्याडदेखि स्वीमिङ पुलसम्मका सुविधा
२६ वटा पांग्राको सहायताले चल्ने कारलाई ९० को दशकमा डिजाइन गरिएको थियो । यस कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो ।
कारमा आधुनिक बिलासी सरसामानले सजीसजाउ भएपनि कारको उचीत हेरचाह हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको थियो । उक्त कार लामो समयदेखि न्यू जर्सीको एउटा गोदाममा सडेर रहेको छ । हाल यसको झ्याल र छत टुटिसकेको छ ।
विश्वको सबैभन्दा लामो कारका रुपमा यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको उक्त कारलाई फेरी नयाँ रुप दिइने पनि बताइएको छ । यो कार अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले सन् १९८६ मा डिजाइन गरेका थिए ।
विश्वको सबैभन्दा लामो कारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता भइसकेको यस कारमाथी धेरै हलीउड फिल्मको शुटींग भइसकेको छ ।

३ पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति
चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन तीनवटा पहाड फोडे जसका लागि उनलाई ३६ वर्ष लाग्यो । कोआवाङ्बा गाउँका प्रमुख ह्वाङ दाफाले सन् १९५९ देखि उक्त योजना सुरु गरेको र यसका लागि उनले आफ्नो जीवनको ३६ वर्ष कडा परिश्रममा लगाएर पूरा गाउँलेका लागि २४ औं पानीको सुविधा प्रदान गरे ।उक्त नहर गाउँमा आउनुपूर्व कोआवाङ्बाको वरिपरि र त्यहाँका बासिन्दाका लागि पर्याप्त पानी थिएन । पूरै गाउँमा एउटा मात्र इनार थियो जहाँबाट पर्याप्त पानी लिन पाइँदैनथ्यो लिँदा अर्काको भागमा अलिकति पनि नरहने डर थियो ।
किनभने एकजनाले धेरै पानी ‘उक्त इनारबाट धेरै पानी लिन नपाइने भन्ने नियम बनाइएको थियो । यदि कसैले यस्तो गरे, कसैको भागमा बिहानको नास्ताको लागि पनि पानी नहोला भन्ने डर थियो । यहाँको यस्तो स्थितीले हामीलाई प्रेरित गर्यो,’ उप–प्रमुख सु झाउले सम्झिए ।‘सिँचाईको कुरा बिर्सिनुहोस् । हामीसँग ३ सय ३० स्क्वायर मिटर धान खेत थियो जुन सुख्खा मौसममा फुटेर चिरा चिरा पर्दथ्यो । समस्या निकै विकराल थियो । त्यसकारण हामीले गम्भीर समाधानको खोजी गर्यौं ।’ह्वाङ दाफाले आफ्नो गाउँबाट केही किलोमिटर टाढा र तीनवटा पहाडले छुट्याएको एबियाओ गाउँबाट पानी ल्याउने कुरा गर्दा सुरुमा धेरैले उक्त योजनालाई असम्भव बताए ।योभन्दा अरु उपाय नभएको भनी ह्वाङले आफू यसमा आशावादी भएको बताउँदै केही युवालाई यसमा विश्वास दिलाएर उनीहरुको सहयोगमा सन् १९५९ देखि आफ्नो परियोजनामाथि काम गर्न सुरु गरे ।
उनी त्यतिबेला २३ वर्षका थिए । तर स्थिती निकै अप्ठेरो थियो । दाफाले आफ्नो मानिसहरुलाई निकै अप्ठेरो र डरलाग्दो कामका लागि नेतृत्व गर्नु थियो ।
ह्वाङले काम गर्दाको सुरुवाती दिनलाई सम्झँदै भने, ‘मैले आफूलाई ३ सय मिटर अग्लो ठाडो भीरमाथि रुखमा बाँधिदिए र एक फड्को मारे । यदि मैले यो साहस नदेखाएको भए कसैले पनि गर्दैनथे ।’तर उनको साहस देखेर पनि धेरैले उनीजस्तै गर्न हिम्मत गरेनन् किनभने त्यो काम निकै डरलाग्दो थियो । गाउँलेले हाते औजार प्रयोग गरेर १०० मिटर सुरुङ खन्न १० वर्ष लगाए । उनीहरुको एक दशकको मेहनतले केही रंग ल्याएन किनभने पानी उनीहरुले सोचेजस्तो बगेन ।
ह्वाङले आफ्नो संकल्प बलियो भएपनि पानीको बाटो र सिँचाईसम्बन्धि ज्ञान नभएको थाहा पाए त्यसकारण उनले जुन्विज फेङजियाङ टाउनमा वाटर–सिस्टम इन्जिनियरिङको केही वर्ष पढाई गरे । उनी सन् १९९० मा पुनः फर्किए र गाउँलेलाई प्रयास गर्न दोस्रोपटक आग्रह गरे । उनीहरुले प्रस्ताव स्विकारे र वाटर च्यानलको काम पुनः सुचारु भयो । ह्वाङ दाफाको नेतृत्वमा गाउँलेले उनीहरुले राम्रो प्रगती गरे । उनी पहाडमा काम गर्दा गर्र्दै उनकी छोरी र नातीको मृत्यु भयो ‘मेरी बहिनी मृत्युशय्यामा हुँदासमेत बुवा घरमा हुनुहुन्थेन,’ उनका ५३ वर्षीय छोरा ह्वाङ बिन्क्वानले चाइना डेलीलाई भने । ‘यदि उहाँ निर्माणस्थलमा नभए उक्त काममा लागिपरेका समूहलाई कसरी काम गर्ने भन्ने थाहा हुँदैनथ्यो ।’
सन् १९९५ मा ७ हजार २ सय मिटर लामो नहर अन्ततः पूरा भयो र कोवावाङ्बामा पानी बग्न थाल्यो । यो पानी अन्य तीन गाउँमा बग्छ । यसको नाम दाफा च्यानल राखिएको छ–मास्टरमाइन्डको सम्मानमा ‘म कोआङबामा पानी ल्याउन प्रतिबद्ध थिएँ । त्यतिबेलादेखि मानिसहरुसँग प्रशस्तै खानेकुरा भए । भरी पेटको अर्थ शान्त दिमाग,’ ८२ वर्षीय ह्वाङ दाफाले भने । ‘विकासका लागि केही गर्न सक्छौं भने त्यो अवश्य पनि गर्नुपर्छ । हामीले कसैले गरिदेला भनेर सोच्नु हुँदैन । केही नगरी मेरा दर्जनौं वर्ष यत्तिकै खेर जान्थे ।’इसिएनएसको रिपोर्ट अनुसार उक्त वाटरवेले लगभग १ हजार २ सय मानिस लाभान्वित भएका छन् भने धानको उत्पादनमा २५ किलोबाट ४ लाख किलो प्रतिवर्ष वृद्धि भएको छ ।

प्रतिक्रिया