५ उद्देश्य राख्नुस् जसले तपाईंको जीवन ने परिवर्तन गर्छ



व्यक्तित्व विकास हामीले आफ्नो जीवनमा धेरै गल्ती गरेका हुन्छौं। ती गल्तीलाई मनमा लिएर बस्ने होइन त्यसबाट पाठ सिकेर अगाडि बढ्नु उपयुक्त हुन्छ । आफूले चाहेको काम गर्ने आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भइँदैन ।



आफ्नो इच्छा के मा छ, के गर्दा ठिक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ । सम्बन्ध बढाउनुस् /प्रेम गर्नुस् आफ्नो स्वभाव मिल्ने साथी भयो भने तपाईंलाई रमाइलो लाग्छ ।

स्वभावअनुसार कसैलाई धेरै साथी भएको मन पर्छ । कसैलाई कम तर साथी बनाउन कन्जुसाइँ भने नगर्नुस् । आत्मविश्वासी बन्नुस् हर कुरामा आत्मविश्वास हुन जरुरी छ । आत्मविश्वास कम भयो भने जे काम गर्दा पनि निर्णय दिन सकिन्न ।

इमानदारी बन्नुस् झुक्काउने,

छल्ने काम कहिल्यै नगर्नुस्, यसो गरियो भने तपाईंप्रति विश्वास गर्दैनन् । अरुले विश्सास गरेनन् भने जे काम गर्दा पनि अप्ठ्यारो पर्न जान्छ । इमानदारिता नै सफलताको कडी हो भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन ।


about author
प्रतिक्रिया