कराते खेलाडी सम्मानित



काठमाडौँ, माघ २१ गते । खेलकूद क्षेत्रको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याएवापत करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई आज यहाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।


हाईड एण्ड सिक किन्डर गार्डेन स्कुल वनस्थलीले आफ्नो वार्षिक खेलकूद दिवसका अवसरमा आयोजित कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक कुमद भट्ट र खेलकूद प्रशिक्षक हरिबहादुर तामाङले उहाँलाई रु दश हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान गर्नुभयो ।


ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप–२०१८ मा ८४ केजी मुनिको तौल समूहमा उहाँले रजत पदक प्राप्त गर्न सफल हुनुभएको थियो । 



about author
प्रतिक्रिया